बैतडीको प्राइमरी लेभल अस्पताल देशभरिमै दोस्रो

बैतडी | पुस २१, २०७९

बैतडीको प्राइमरी लेभल अस्पताल देशभरिमै दोस्रो

बैतडी:  ‘प्राइमरी लेभल हस्पिटल’मध्ये जिल्ला अस्पताल बैतडी देशभरिमै दोस्रो स्थानमा परेको छ।  न्यूनतम सेवा मापदण्डमा बैतडी अस्पताल देशभरिका उत्कृष्ट अस्पतालको दोस्रो स्थानमा पर्न सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो। 


स्वास्थ्य मन्त्रालय र निक साइमन इन्स्टिच्युटले गरेको मूल्याङ्कनका आधारमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दोस्रो स्थानमा पर्न सफल भएको डाक्टर श्रेष्ठले बताउनुभयो।  उहाँले भन्नुभयो, “न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन हुँदा बैतडी अस्पताल ८९ प्रतिशत अङ्कसहित दोस्रो स्थानमा परेको छ। दमौली अस्पताल पहिलो स्थानमा रहेको छ। जिल्ला अस्पताल अछाम ८७ प्रतिशत अङ्कसहित तेस्रो र बझाङ ८४ प्रतिशत अङ्कसहित चौथो स्थानमा परेको छ।” 
 

यसअघि सुदूरपश्चिममा बैतडी अस्पताल प्रथम स्थानमा रहेको थियो। स्वास्थ्य सूचकका आधारमा अस्पतालहरूलाई अङ्क दिइने गरिएको छ। अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका सुविधा, भौतिक व्यवस्थापनलगायतका कार्य हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिएको छ। 


जिल्ला अस्पताल बैतडीमा हाल तीन विशेषज्ञ चिकित्सकसहित आठ चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, “बैतडी अस्पतालमा हाडजोर्नीसम्बन्धी शल्यक्रियासहित उपचार, एमडीजीपी र एनेस्थियोलोजिस्ट चिकित्सक कार्यरत छन्।” 


न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बैतडी देशभरिकै उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको अस्पतालमा कार्यरत डा। थानेश्वर न्यौपानेले बताउनुभयो। 


जिल्ला अस्पताल बैतडीले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन गरेर हिंसामा परेका महिलाको उपचार, मनोसामाजिक परामर्शलगायतका सेवासमेत प्रदान गरिरहेको उहाँले बताउनुभयो।


उहाँले भन्नुभयो, “एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट चार महिनाको अवधिमा हिंसामा परेका ८८ जना महिलाले सेवा लिनुभएको छ। तीमध्ये घरेलु हिंसामा परेका सुत्केरी महिलाले समेत उपचार पाउनुभएको छ।”  

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्